काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारले लुम्बिनीमा मनोनयन दर्ता गरेका छन् ।
सत्तारुढ गठबन्धनबाट कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका लागि गठबन्धनका नेता कार्यकर्ताहरू आ-आफ्नो झण्डा बोकेर नाराजुलुससहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।









































