काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा २ जना तथा बागमती प्रदेशमा एकजनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने काठमाडौँमा २८ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ३ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १ जना, बागमतीमा एक जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।








































