वि.सं.२०८३ असार ५ शुक्रवार

काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ?

khanepani

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? भनि प्रश्न गरे ।

प्रधानमन्त्री कार्यालयमा बोलाएर कानून र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरु को हुन ? प्रश्न गरे ।

शुक्रवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानूनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरु नयाँ गरोहको रुपमा रहेको उहाँको आरोप थियो ।

सांसद बुढाले सबै मन्त्रालयहरुमा मन्त्री देखाउने अनुहारहरु मात्रै भएको तर त्यहाँ चलाउने अर्कैैं अदृष्य शक्तिहरु रहेको जिकीर पनि गरे ।

ranechhap