वि.सं.२०८३ असार १ सोमवार

इरानका विदेशमन्त्री र पाकिस्तानका गृहमन्त्रीबीच दुई दिनको अन्तरमा दोस्रो पटक भेटवार्ता

khanepani

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबीच पछिल्ला दुई दिनमा दोस्रो पटक भेटवार्ता भएको छ । दुवै नेताबीच दुई दिनको अन्तरालमा दोस्रो पटक भेट भएको तेहरानस्थित पाकिस्तानी दूतावासलाई उधृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

भेटमा इरान र अमेरिकाबीच विवादलाई सुल्झाउन र सम्भावित सम्झौताका प्रस्तावबारे छलफल भएको समाचारमा उल्लेख छ ।

पाकिस्तानी गृहमन्त्री नकवी बुधबार तेहरान पुगेका थिए । त्यहाँ उनले इरानका केही वरिष्ठ अधिकारीसँग पनि भेटवार्ता गरेका छन् ।

इरानले युद्ध समाप्त गर्नका लागि अमेरिकाद्वारा पठाइएका नयाँ प्रस्तावमाथि विचारविमर्श गरिरहेको बताइएको छ ।

पाकिस्तानले अमेरिका र इरानबीच युद्ध समाप्त गराउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

ranechhap