वि.सं.२०८३ असार २० शनिवार

चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु

khanepani

काठमाडौं। चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु भएको छ ।

काठमाडौं महानगरपालिका-७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४०० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दिउँसो मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ranechhap