वि.सं.२०८३ साउन ११ सोमवार

चालू शैक्षिक सत्रदेखि गेटामा एमबीबीएस पढाइ सुरू नभए म पनि अनशन बस्छु : मेयर गोपी हमाल

khanepani

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालू शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन-अध्यापन सुरू नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन् ।

सोमबार डोटीको बुडरबाट फेसबुकमार्फत मेयर हमालले सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारले अब थप ढिलाइ गर्न नहुने बताए ।

उनले गेटामा यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्नुपर्ने र ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । सरकारले यी दुवै काम पूरा गर्न नसके आफू पनि अनशनमा बस्न तयार रहेको र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने उद्घोष गरे ।

गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर प्राध्यापक डा. गोविन्द केसी विगत बिहीबारदेखि अनशनमा छन्। उनले विश्वविद्यालयका हालै नियुक्त उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने, विश्वविद्यालयलाई पारदर्शी र विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने, साथै गेटामा तत्काल एमबीबीएस पढाइ र ३०० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् ।

मेयर हमालले पदाधिकारी जो भएपनि एमबीबीएस पढाइ सुरू हुनुपर्नेमा जोड दिएका थिए।

ranechhap