वि.सं.२०८३ साउन ११ सोमवार

राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल

khanepani

काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुग्नुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने बताए ।

विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गरे।

विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उहाँले जग्गा प्राप्तिको कानूनी प्रक्रियालाई छिटो भन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य शुरु गरिने आश्वासन दिए ।

भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गरे ।

करिव दुई महिना अघिको भ्रमणमा विद्यार्थीले खेलकुद सामग्रीको अभाव रहेको भनी राखेको गुनासोलाई सम्बोधन गर्दै उहाँले क्रिकेट ब्याट, बल र फुटबल लगायतका सामग्री उपलब्ध गराए ।

ranechhap