वि.सं.२०८३ जेठ १२ मंगलवार

युरोपेली प्रतिनिधिमण्डलले भन्यो, ‘नेपाल सरकारका प्राथमिकतामा सहकार्य गर्न तयार छौं’

khanepani

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले नेपाल सरकारको सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जनासम्बन्धी प्राथमिकतासँग आफूहरू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको जनाएको छ।

प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन शाहलाई पनि भेटेको थियो । परराष्ट्रमन्त्री शिशिर खनाल, पर्यटनमन्त्री खडकराज पौडेललगायतसँग भेटेको थियो । भ्रमणको अन्त्यमा मंगलबार पत्रकार सम्मेलन गर्दै टोलीले नेपाललाई कसरी थप सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको जनाएको छ।

प्रतिनिधिमण्डलले नेपाल र युरोपबीचको जनस्तरको जनस्तरको सम्बन्ध अझ सुदृढ हुँदै गएको उल्लेख गरेको छ। पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थी र कामदारहरूको युरोपतर्फको आकर्षण तीव्र रूपमा बढिरहेको जनाउँदै यसले भविष्यमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिनिधिमण्डलको विश्वास छ ।

‘शिक्षा क्षेत्रमा नेपाली विद्यार्थीहरूले युरोपलाई प्राथमिकतामा राख्न थालेको उल्लेख गर्दै ‘इरास्मस’ कार्यक्रमलाई स्नातकोत्तर अध्ययनका लागि महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ। छात्रवृत्तिबिना समेत युरोपमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या बढ्दै छ’ प्रतिनिधिमण्डलकी प्रमुख भेरोनिक लोरेन्जे भनिन् ।

प्रतिनिधिमण्डलले हालै सार्वजनिक गरिएको पर्यटन रणनीतिपछि नेपालमा नयाँ ऊर्जा र गतिशीलता देखिएको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रका अन्य सरोकारवाला संस्थाहरू पर्यटन प्रवर्द्धनमा थप सक्रिय भएको बताएको छ ।

प्रतिनिधिमण्डलले युरोपेली राष्ट्रहरूले पर्यटन क्षेत्रमा आफ्नो अनुभव र विज्ञता नेपालसँग साझा गर्न सक्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिनिधिमण्डलले आगामी दिनमा नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै शिक्षा, पर्यटन, आर्थिक विकास तथा जनस्तरको सम्बन्ध विस्तारमा विशेष ध्यान दिइने जनाएको छ।

ranechhap