काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोतर्फ धकेल्न विभिन्न शक्तिहरू प्रत्यक्ष र अनपेक्षित रूपमा सक्रिय रहेको आरोप लगाएका छन्।
संविधान दिवसका अवसरमा शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौन अवधिमा झुटो सूचना सम्प्रेषण गरी फागुन २१ को निर्वाचनमार्फत देशलाई गलत दिशामा लैजान बीबीसीले कोसिस गरेको दाबी गरे।
साथै, लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई भत्काउन गत वर्ष भदौ २३ र २४ गते षड्यन्त्रपूर्ण उपद्रव मच्चाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसमा संलग्न पात्र र तिनका गतिविधिको वास्तविकता विस्तारै खुल्दै गएको जिकिर गरे।
अनेकौँ उतारचढाव र निरन्तरका ठूला आक्रमणहरूको दृढ सामना गर्दै आफ्नो दलले लोकतन्त्रको रक्षा तथा संविधान कार्यान्वयनलाई निरन्तरता दिँदै आएको स्पष्ट पारे।







































