पोखरा । पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् ।
उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्री नेतृत्वको टोलीले खोजी गर्ने क्रममा आज बिहान ३:३५ बजे गुरुङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए ।









































