काठमाडौं । सरकारी अधिकारीहरू कति नालायक र निकम्वा छन् भन्ने कुराको उदाहरण हो, प्रधानमन्त्रीको कार्यालयबाट ३ किलो मिटर भित्र रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सञ्चालक समितिको कार्यालय त्रिपुरेश्वरको कथा ।
राजधानीबासीहरूले पिउँने पानीमात्र हैन, देशकै शासन प्रशासन सञ्चालन गर्ने प्रधानमन्त्रीदेखि उच्च शासक र प्रशासकले पिउने पानीको राजधानीमा रहेको अड्डाका अधिकारीहरूको नियत र नियति यस्तो छ भने राजधानी बाहिरको त कुरा नै कस्तो होला ? त्यो अनुमान भन्दा धेरै टाढाको विषय बन्न जान्छ ।
नेपाल सरकार र निजी क्षेत्रको समेत सेयर रहेको सरकारी कम्पनीका सिइओ अशोककुमार पौडेलले पदबाट दिएको राजीनामाको विषयमा तीन पटक सञ्चालक समितिको बैठक बस्दा समेत ठोस निर्णयमा पुग्न सकस हुन्छ भने अन्य कुरामा के गरेका होलान् ?
गत हप्ता बुधबार केयूकेएलका सिइओ अशोककुमार पौडेलले पदबाट राजिनामा दिए । शुक्रबार बैठक बस्यो । सञ्चालकहरूले बैठकको समय बेलुका ५ बजेलाई तय गरे । खाजा खाए र भत्ता खाममा बुझे अनि आ–आफ्नो घरतिर लागे । फेरि अर्को दिनलाई बैठक राखियो त्यो पनि ५ बजेपछि त्यहाँ पनि सञ्चालकहरूले आ–आफ्नै तर्क राखे अनि खाजा खाए, भत्ता लिए घरतिर लागे । अर्को दिन पनि त्यही जारी रह्यो ।
उनीहरू बैठक भत्ता र खाजा खानकै लागि कि विहान बैठक बस्छन् कि बेलुका बैठक बस्छन् । दिउँसो उनीहरूको आ–आफ्नै जागिर छ । भत्ता लिनकै लागि कम्पनी, समिति, संस्थान र बोर्डका बैठक अफिस समयभन्दा बाहिर पारेर बस्ने र बैठक भत्ता लिने चलन छ ।
उदाहरणका लागि यति खेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सञ्चालक समितिलाई लिन सकिन्छ ।
यहाँ पूर्व खानेपानी मन्त्रालयको सहसचिव सदस्य, खानेपानी मन्त्रालयकै कानूनको उपसचिव सदस्य, काठमाडौं महानगरपालिकाको सदस्य दुई जना, चेम्बर अफ कमर्शको सदस्य एक जना, ललितपुर महानगरको सदस्य एक जना र महालक्ष्मी नगरपालिकाको सदस्य एक जना रहने व्यवस्था छ । यहाँ सबै कर्मचारीहरू सदस्य रहने र एक जना चेम्बरको अध्यक्ष हुने प्रावधान पनि छ ।
उनीहरू सबै काम चोर कर्मचारी हुन् भन्दा अर्को अर्थ लाग्ने छैन । खाजा र भत्तामात्र खाने निर्णयचाहिँ हप्ता दिनसम्म पनि गर्न नसक्नुको रहस्य अर्थ पूर्ण छ ।
खानेपानीमा नाम चलेका भ्रष्ट सहसचिव कमलराज श्रेष्ठको दवावमा केयूकेएल सञ्चालक समिति छ । उनी आर्थिक चलखेलमा निक्कै माहिर सहसचिव हुन् । उनी केयूकेएलको नियमावलीले नतोकेका सदस्य हुन् । खानेपानी मन्त्रालयको प्राविधिक सहसचिव सदस्य हुन्छ भनेको छ । उनी खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक हुन् ।
उनी एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसबाट प्रशिक्षित व्यक्ति हुन् । उनको एकमात्र उद्देश्य भनेको मन्त्रीलाई असफल बनाउने र आफू आर्थिक रुपमा सफल हुने हो ।
आज उनकै स्वार्थको बन्दक बनेको छ केयूकेएल सञ्चालक समिति । उनी पूर्व मन्त्री प्रदिव यादवद्वारा विभागको महानिर्देशकबाट हटाइएका पात्र हुन् । त्यतिमात्र हैन पछि उनी यादवबाटै विभागको महानिर्देशक सम्म बनाइएका पात्र हुन ।
उनी पछिल्लो समयमा जेन्जी आन्दोलनपछि तीनजना मन्त्रीलाई मिलाउन सफल पात्र पनि हुन् । कुनै समय रामआधार साहलाई सविचबाट हटाउन महेन्द्र यादव मन्त्रीलाई तीन घण्टा उनकै कार्याकक्षमा घेराबन्दी गर्ने प्राविधिक कर्मचारीहरूको नेतृत्व पनि उनै श्रेष्ठले गरेका थिए ।
पछिल्लो पटक खानेपानी मन्त्रालयमा सचिव भएर रामआधार आउँदा खानेपानीको सबै उठ्तीपुठ्तीको ठेक्का पनि श्रेष्ठले नै लिएका थिए । राजेन्द्रसिंह भण्डारी, डा. प्रदीप परियार र निशा मेहतासम्मलाई आर्थिकरुपमा खुशी बनाउन सफल श्रेष्ठले खानेपानीमा उनैले भने बमोजिम चलिरहेको छ । सचिव विश्वबाबु पुडासैनी, सहसचिव रुद्रप्रसाद पण्डित पनि आफू अनुकुल चलाउन श्रेष्ठ सफल भएका छन् । खनेपानीको भ्रष्टाचार र अनियमिततामा श्रेष्ठको ठूलो हात रहँदै आएको छ ।
कलमराज श्रेष्ठ आयोजनाको पीडी हुदाँ समेत ठेकेदारहरूसँग मोटो रकम असुल गरेर उनीहरूको सामान स्टोर दाखिला गराउनेदेखि सम्पन्न निर्माणका संरचनाहरू बुझ्ने काम गरेका थिए ।
त्यसैगरी २०७९ सालमा मेलम्ची विकास समितिको कार्यकारी निर्देशक हुदाँ विकास समिति खारेज भएको समयमा समेत श्रेष्ठले आफूसँग नभएको अधिकार प्रयोग गरी इआरएमसी कन्सल्टेड लगायतका फर्मसँग मिलेमतो गरी करिव २४ करोडभन्दा माथिको ठेक्का सम्झौता गरेका थिए । यस विषमा त्यतिखेर संसदको पूर्वाधार समितिमा पनि सांसदहरूले लामो छलफल समेत गरेका थिए ।
उनको यो विषयको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुल्तविमा रहेको छ । सो मुद्दा मुल्तविमा राख्न एमालेका नेता सहसचिव विभागका उपमहानिर्देशक लक्ष्मीप्रसाद उपाध्यायले भूमिका खेलेका थिए । सो समयमा खानेपानी मन्त्रालयमा छानविन समिति समेत बनेको थियो ।
उनै कमलराज श्रेष्ठले केयूकेएलको अनियमितता भएको खरिद र लिक मर्मतको नक्कली विल समेत भुक्तानी दिलाएका छन् । उनले नै मोटो रकम आफुले लिएर अशोक कुमार पौडेलले राजीनामा दिएपछि रिक्तपदमा प्रकाशकुमार राईलाई नियुक्ति दिलाउन चलखेल गरिरहेका छन् । त्यसको लागि खानेपानी सचिव पुडासैनी र सहसचिव रुद्रप्रसाद पण्डितको समेत हात रहेको छ । मन्त्रालयमा यसको आर्थिक चाँसो पाँजो योगेन्द्रबहादुर वमले मिलाएको पनि मन्त्रालय स्रोतले दावी गरेको छ ।
भ्रष्टाचार गर्दिन र घुष खाँदिन भन्ने केयूकेएलका सिइओ पौडेलले राजीनामा दिनुभन्दा केही समय पहिलेदेखि शाखा शाखाबाट बुबाको उपचारलाई भन्दै प्रतिव्यक्ति ५ लाखदेखि माथि १० लाखसम्म लिएको केयूकेएलका ठेकेदारहरूबीच गाइगुई चर्चा चल्न थालेको छ ।
कोसँग कति लिए भन्ने विषयमा भोलीको समाचारमा विवरण र दिने व्यक्तिको नाम सहित प्रकाशित हुने छ । रकम र व्यक्तिको विवरण पुष्टि हुने क्रम जारी छ ।
खानेपानीको आयोजनाबाट सिडिई विकेशले आर्थिक संकलन गरेर मन्त्री, सचिव र सहसचिवलाई दिएपछि सचिव आयोजना प्रमुखको सरुवा गर्न खोजिरहेको बुझिएको छ । दोहोरो भुमिका खेल्दै आएका सचिव विश्वबाबु पुडासैनी र सहसचिव रुद्रप्रसाद पण्डितलाई कारवाही गर्नु पर्ने आवाज पनि उठ्न थालेको छ ।
भ्रष्टाचारीहरूको घेराबन्दीमा बस्न रुचाउने मन्त्रालयका अधिकारीहरूको संरक्षणमा साना कर्मचारीहरूलाई पेल्ने इन्जिनियरहरूसँग आर्थिक मोलमोलाई गरेको प्रमाण समेत भेटिएको छ ।
केयुकेएलमा सिइओ तोक्न सचिव विश्वबाबु र भ्रष्टाचारी श्रेष्ठको चलखेल
पिआईडि भ्रष्टाचारी अघोरीहरुको चंगुलमा, घण्टी सरकार जिल्लाराम
नेपाली जनताबाट साभार








































