वि.सं.२०८३ वैशाख १६ बुधवार

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बोलाए आफ्नो समूहका बागमती प्रदेशका नेताको छलफल

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन् । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भेला बालुवाटारस्थित ओपेरा होटलमा हुने कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

‘निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य, सांसद र पूर्वसांसदहरू, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ,’ कोइरालाको सचिवालयले भनेको छ ।

गगन थापा, विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन गरेसँगै कांग्रेसमा विवाद चर्किँदो छ । शेरबहादुर देउवा र कोइराला समूह विशेष महाधिवेशनको विपक्षमा थिए ।

अहिले पनि सभापति गगन थापाले पार्टी एकताका लागि कुनै पहल नगरेको भन्दै देउवा समूहले पनि लगातार भेला आयोजना गर्दै आएका छन् । त्यस्तै कोइरालाले पनि भेला बोलाएका हुन् ।

ranechhap