वि.सं.२०८३ वैशाख २ बुधवार

मिलनको सम्भावना टर्दै गएपछि कांग्रेस नेता महरले भने, ‘सर्वोच्चले तत्काल निर्णय गरोस्’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले छिटो टुङ्ग्याउनुपर्ने बताएका छन्। पार्टीभित्र एकताको सम्भावना टर्दै गएपछि उनले ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह हुने टिप्पणी गरे।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट नेता महरले भनेका छन्, ‘न्याय सम्पादनमा समयमै न्याय हुनु लोकतान्त्रिक शासनको मूल आधार हो। सर्वोच्च अदालतमा विचाराधीन नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा भइरहेको ढिलाइले स्वाभाविक रूपमा गम्भीर चासो उत्पन्न गरेको छ।’

शक्तिशाली सरकारलाई सन्तुलन र निगरानी गर्न सशक्त र एकीकृत प्रतिपक्ष अपरिहार्य हुने उनको भनाइ छ।

उनले थपेका छन्, ‘यस विषयको न्यायिक निरूपण केवल दलगत नभई राष्ट्रिय लोकतान्त्रिक सन्तुलनसँग जोडिएको महत्त्वपूर्ण प्रश्न हो। यसकारण, सर्वोच्च अदालतबाट ढिलो नगरीकन निष्पक्ष, स्पष्ट निर्णय आउनु आजको अनिवार्य आवश्यकता हो।’

ranechhap