वि.सं.२०८२ कात्तिक ३० आइतवार

गुरुप्रसाद पौडेलले पाए राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

khanepani

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई दिइएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी)मा कार्यरत पौडेल बुधबारदेखि लागू हुनेगरि बैंकको प्रवक्ता तोकिएका हुन् ।

वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । आजैदेखि लागू हुनेगरि उनी उक्त विभागमा सरुवा भएका थिए । यसअघि पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा थिए ।