विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरूले आन्दोलन सुरू गरेका छन् ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै शिक्षण अस्पतालका नर्सहरू आन्दोलित भएका हुन् । यस अघि नर्सहरूसँग कात्तिक १८ भित्रमा माग सम्बोधन गर्ने सहमति भएको थियो ।
नर्सहरूको समूहले अस्पतालको न्युरो वार्डलगायत अन्य वार्डहरू हुँदै मूल गेट अगाडिसम्म पुगी प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरे ।
अस्पताल व्यवस्थापनलाई माग कार्यान्वयनमा दबाब दिन आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्यकर्मी स्वाती देवले बताइन् ।
नोबेलमा अस्पतालमा दैनिक २ हजार भन्दा बढी बिरामी ओपिडी सेवा लिन आउने गरेका छन् ।







































