काठमाडौँ । बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो । मुख्यमन्त्री पदका लागि थपलियासहित निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा प्रतिस्पर्धामा थिए।
नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।
नेकपासँग भएको भागबण्डाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । जस अनुसार कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री बनिसकेका छन् ।






































