वि.सं.२०८२ कात्तिक ३० आइतवार

भक्तपुरको सानाेठिमीमा रहेकाे बाल सुधार गृहबाट बन्दीहरु फरार,२ जना पक्राउ

khanepani

काठमाडौं । भक्तपुरको सानाेठिमीमा रहेकाे बाल सुधार गृहबाट बन्दीहरु फरार भएका छन् । आज दिउँसो सुधार गृहबाट बन्दीहरु भागेका हुन् ।

भागेका मध्ये २ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानाले बताए ।

उनले भने,‘सुधार गृहबाट भागेका मध्ये २ जना पक्राउ परेका छन् । कति भागेको किन र कसरी भन्ने अनुसन्धान भइरहेको छ ।’