वि.सं.२०८३ वैशाख ७ सोमवार

माओवादी निर्वाचनमा सहभागी हुन तयार छ, तर सरकारले वातावरण बनाउन सकेन : देव गुरुङ

khanepani

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए ।

सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भुमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनितिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गरे । सरकारले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडी बढाएको उनको भनाइ छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए ।

उनले भने, ‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो । तर सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ ।’

उनले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरे ।

ranechhap