वि.सं.२०८३ वैशाख ८ मंगलवार

नेकपा एमालेका दुई केन्द्रीय सदस्यले भने, ‘केपी ओलीलाई आजीवन अध्यक्ष बनाएर जाऔं’

khanepani

काठमाडौ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बिहीबार पनि जारी छ।

बिहान ८ बजेदेखि सुरू केन्द्रीय कमिटीमा सदस्यहरूले धारणा राखिरहेका छन्।

आज बोलेका दुई जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको आजीवन अध्यक्ष बनाएर जानुपर्ने कुरा राखेका छन्।

केन्द्रीय सदस्य महम्मद समीर र महम्मद हारून हलुवाईले अध्यक्ष ओलीलाई एमालेको आजीवन अध्यक्ष बनाउन माग गरेका हुन्।

समीर बाराका हुन् भने हलुवाइ बाँकेका हुन्।

‘एमालेकै नेताहरूले आज होइन भोलिलाई १० वर्ष ओलीलाई भनेको केही वर्ष पहिलासम्म सुनिन्थ्यो,’ उनीहरूले आजको केन्द्रीय कमिटी बैठकमा भने, ‘ओलीलाई आजीवन अध्यक्ष बनाउनुपर्छ।’

साथै अर्का केन्द्रीय सदस्य रवीन कोइरालाले भने अध्यक्ष ओलीले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। झापाकै कोइरालाले अध्यक्षबाट ओलीको राजीनामा मागेका हुन्।

ranechhap