वि.सं.२०८३ वैशाख २२ मंगलवार

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बूढानीलकण्ठमा बस्दै,समसायिक राजनीतिक विषयमा छलफल

khanepani

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

साथै भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुनेछ ।

ranechhap