वि.सं.२०८३ वैशाख २२ मंगलवार

मापदण्ड मिचेर सञ्चालन गरिएका खानी तथा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न सांसद भण्डारीको माग

khanepani

काठमाडौँ । सांसद बदनकुमार भण्डारीले मापदण्ड मिचेर सञ्चालन गरिएका खानी तथा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न माग गरेका छन् । मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले खानी र क्रसर क्षेत्रमा भइरहेको बेथितिप्रति आपत्ति जनाए ।

उनले खानी तथा खनिज ऐन २०४२ र निर्देशिका २०५७ को पालना नभएको भन्दै उद्योगहरूले आफ्नो सीमा भन्दा बाहिर गएर सार्वजनिक जग्गा दोहन गरिरहेको बताए ।

उनले भने, ‘नवीकरण नभएका उद्योगहरू कुन आधारमा चलिरहेका छन् ? सरकारले यस्ता अवैध उद्योगलाई तत्काल बन्द गराउनुपर्छ ।’
क्रसर उद्योगकै लापरबाहीका कारण गत वर्ष ७० भन्दा बढी मानिसको ज्यान गएको र प्राकृतिक प्रकोप बढेको विषयमा उनले सरकारको ध्यानाकर्षण गराए ।

उनले नदीहरू प्रदूषित भएको र गाउँबस्ती नै जोखिममा परेको उल्लेख गर्दै मन्त्रालयलाई नवीकरण नभएका उद्योगहरूको विवरण पेश गर्न र मापदण्ड नपुगेकालाई कारबाही गर्न निर्देशन दिए ।

उनले भने, ‘अवैध रूपमा उद्योग चलाएर नागरिकको ज्यान लिने र राज्यलाई नोक्सान पुर्‍याउने काम अब बन्द हुनुपर्छ ।’

ranechhap