वि.सं.२०८३ वैशाख २२ मंगलवार

नेपाली कांग्रेसले बोलायो भोलि बस्नेगरी संसदीय दलको बैठक

khanepani

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। भोलि बस्नेगरी बैठक बोलाइएको संसदीय दलको नेता भीष्मराज आङदेम्बेले बताए।

उनका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने उनले बताए।

उनले भने, ‘भोलि बैठक बस्ने तय भएको छ, सदनमा पार्टीको भूमिका, सरकारले ल्याएको अध्यादेश, सुकुम्वासी बस्तीमा चलाएको डोजरलगायतको विषयमा पार्टीको धारणा तय गर्नेर्छौँ।’

सरकारले सुकुम्वासीको व्यवस्थापन नगरी डोजर चलाएकोप्रति कांग्रेसले आपत्ति जनाइरहेको छ।

आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै छ।

ranechhap