वि.सं.२०८३ वैशाख १७ बिहीवार

मेरो कामको मूल्यांकनका लागि बेस आधार खडा गर्न श्वेतपत्र आवश्यक: शाक्य

khanepani

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालको कार्य सम्पादन मूल्यांकनको बेस आधार बनाउनका लागि श्वेतपत्र ल्याएको बताएका छन् । शुक्रवार प्राधिकरणमा श्वेतपत्र प्रस्तुत गर्दै उनले जानकारी दिएका हुन् ।

कार्यकारी निर्देशक शाक्यले भने, ‘आफ्नो कार्यकालमा के कति प्रगति हुन्छ भनेर मूल्यांकनका लागि ऊर्जा मन्त्रालयसँग कार्य सम्पादन सम्झौता गरेको छ । उक्त सम्झौतामा पनि मैले गरेका कामहरूको मूल्यांकनका लागि बेस आधार खडा गर्नका लागि यो श्वेतपत्र आवश्यक हुन्छ ।’

प्राधिकरणले हालसम्म गरेका प्रगति र भावी योजनाबारे स्पष्ट पार्नका लागि श्वेतपत्र जारी गरिएको उनले दाबी दिए । यसबीचमा विद्युत् प्राधिकरणले जारी गरेका तथ्यांकहरुमा स्पष्ट पार्नका लागि यो श्वेतपत्र सहयोगी हुने उनले जानकारी दिए ।

ranechhap