वि.सं.२०८३ साउन ३१ आइतवार

लोकतन्त्रको शक्ति फरक विचारलाई सम्मान गर्ने संस्कारमा हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

khanepani

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् ।

‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ले थालेको अन्तरक्रियालाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूसँग यस्तो आग्रह गरेकी हुन् ।

‘राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन । समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो,’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् ।

युवाहरूलाई विचार निर्माणको क्षेत्रमा सहभागी बन्न प्रोत्साहित गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको शक्तिबारे समेत धारणा राखिन् ।

‘लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुन्छ,’ भण्डारीले भनेकी छन् ।

ranechhap