वि.सं.२०८३ साउन ३१ आइतवार

‘शिक्षा संवाद’ मा बेवास्ता गरेको भन्दै महासंघको आपत्ति, आन्दोलनको चेतावनी

khanepani

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमाा सुरू गरेको ‘शिक्षा संवाद’ मा संगठनलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

मन्त्रालयले सातै प्रदेशमा शिक्षा ऐन निर्माणअघि सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कोशीबाट संवाद सुरू गरेको थियो । महासंघले शिक्षकहरूको आधिकारिक संस्थालाई सहभागी नगराइएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक-कर्मचारीको समस्या र पेसागत आन्दोलनप्रति सरकारको ‘नियत उदाङ्गो’ भएको टिप्पणी गरिएको छ ।

महासंघले यस विषयलाई गम्भीरतापूर्वक लिँदै अविलम्ब आफूलाई सच्याउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । मन्त्रालयलाई सच्चिन चेतावनी दिँदै कार्यशैली नसच्याएमा उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको जिम्मेवार मन्त्रालय आफैँ महासंघको भनाइ छ ।

ranechhap