वि.सं.२०८१ फागुन १ बिहीवार

नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं । नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार खड्कालाई नियुक्त गरेका हुन् ।

बूढानीलकण्ठ नगरपालिका-४ का वरिष्ठ अधिवक्ता खड्काको नाम हिजो संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो ।

Untitled