वि.सं.२०८३ साउन २६ मंगलवार

व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

khanepani

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड धरौटी माग गरेको छ। मंगलबार भएको थुनछेक बहसपछि गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको हो ।

न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो । त्यस अघि बकपत्र गराइएको थियो।

व्यवसायी गोल्छा यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए। गत साउन १२ गते काठमाडाैँ जिल्ला अदालतले उनीसँग बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो।

ranechhap