वि.सं.२०८३ साउन २६ मंगलवार

विद्युतीय एम्बुलेन्स र शव बाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क तथा भ्याट हटाइयो

khanepani

काठमाडौं । सरकारले विद्युतीय एम्बुलेन्स र शव बाहनमा मूल्य अभिवृद्धि कर तथा स्वच्छ पूर्वाधार लगानी शुल्क नलिने भएको छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स तथा शव बाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रुपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

ranechhap