आज भोलि नेपाल सरकार, नेपाल सरकार स्थानीय निकाय र निजी क्षेत्रको समेत सेयर पुजी भएको कम्पनीको प्रमुखको विषयमा सरोकारवाला निकायहरुवीच निकै चर्चा र चासो उत्पन्न भएको छ ।
त्यो निकाय हो, काठमाडौं बासीलाई पानीको वितरणको ठेक्का लिएर काम गर्दै आएको कम्पनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को सिइओ अशोककुमार पौडेलको आगमनको एक बर्ष पनि नपुग्र्दै उनको बर्हिगमनको विषयमा भइरहेका चर्का-चर्की र गरमा-गर्मीले खानेपानी मन्त्रालय देखि प्रधानमन्त्री निवाससम्म राप-ताप पुगेको छ ।
उनी यो कम्पनीको सिइओ भएर आउनु नै आश्चार्यको विषय भने नभएको होइन । पौडेल राष्ट्र बैकको निर्देशक तहबाट अवकाश पाएका अधिकृत हुन । उनी राष्ट्र बैकको जागिर खाएका कर्मचारी भए पनि अर्थशास्त्रका विद्यार्थी भएपनि अंक गणितको ज्ञान समेत नभएका अधिकृत हुन । पौडेलमा प्राविधिक ज्ञान त झन सून्य नै छ ।
उनमा प्रशासनिक ज्ञान पनि सून्य कै हाराहारीमा रहेको पाइएको छ । उनले केयूकेएलमा सिइओका रुपमा करिव १० महिना पुरा काम गरिसकेको कार्यक्षमता र कार्यसम्पादन हेर्दा र उनका सहयोगीहरुको भनाइले पनि पौडेल आर्थिक, प्राविधिक र प्रशासनीक काममा अब्वल देखिएका छैनन । अरुको टाउँकोमा गीर खेलेर नाम र दाम कमाउने शोख उनीमा देखिएको छ ।
पौडेलको कार्यशैलीको विषयमा धेरै पहिले देखि कुरा नउठेको होइन तर, नियुक्ति लिएर आएका कामदारलाई काम गर्ने मौका र अवसर दिनु पर्ने भएका कारण उनको कार्यशैलीमा विमति भए पनि सरोकार निकायहरुले धैर्य गरेको देखिएको छ ।
केयुकेएलका केहि लोभी पापी कर्मचारीहरु र व्यवस्थापनका अधिकृतहरुले “गिभ एण्ड टेक”को निति लिएका कारण कम्पनी थला पर्न लागि सकेको छ । कम्पनीको सूधार गर्न आएका सिइओ पौडेलले नै अवकाशमा जाने कर्मचारीहरुलाई ‘उपदान’ दिन नसकिने आशय व्यक्त हुनु भनेको लाजमर्दो विषय हो । सिइओमा पौडेल नियुक्ति भएर आएपछि कम्पनी यस्तो अवस्थामा पुगेपछि सिइओले नैतिकताको आधारमा राजिनामा दिनु पर्छ कि पर्दैन ?
सिइओमा पौडेल आएपछि केयुकेएलका प्राविधिक कर्मचारीहरु र निम्न तहका कर्मचारीहरु बढी प्रताडित भएका छन । उनले केहि ‘झोल खान’ बानी परेका झल्लुहरुको भरमा परेर कर्मचारीहरुलाई ‘चोर’ जस्ता अपमानित शब्द प्रहार गर्दा समेत पानी मरुवाहरु रमिते जस्तै भएर बस्नु अर्को हुतिहारापन हो कि होईन ?
खिसी टिउरी र चाकडीबाजले थिलथिलो भएको केयूकेएल पछिल्लो पटक धम्भी, घमण्डी र अजासु ‘फिरन्ते भिजिलान्ते’का कारण तहस नहस हुन पुगेको छ ।
चारै दिवार बन्द गरेर खोर्सानीको राग दिदाँ समेत कुर्चीमा टाँसी रहने मनोरोगले ग्रस्त भएका पौडेललाई कठालो समातेर गेटबाट बाहिर धकेल्ने अवस्था आउनै लागेको संकेत त्यहाँ कार्यरत युनियनका पदाधिकारीहरु र प्राविधिक कर्मचारीको तयारी रहेको बुझ्न कुनै कठिन विषय छैन ।
एक वर्षसम्म काम नै नगरिकन भएपनि जागिर खान पाएकोमा आफुलाई भाग्यमानी ठानेर जागिर दिने तत्कालीन संचालन समिति, तलव खाने पैसा तिरिदिने पानीका सेवाग्राही र त्यो पैसाका लागि बाताबरण मिलाइदिने मिटररिडर, पानी चालक र भल्भ अप्रेटरलाई धन्याद दिएर राजिनाम दिएर घर जादाँ जति सम्मान पौडेलले पाउने छन । अबका केहि दिन कुर्चीमै बस्ने सपना बोकेमा उनका लागि एउटा गहिरो अपमान र तिरस्कारणको विऊ मात्र हुने छैन, मृ…को एउटा ठुलो कारण समेत नबन्ला भन्न सकिन्न ।