वि.सं.२०८३ वैशाख २९ मंगलवार

छिमेकीद्वयको हर्कतसँगै अमेरिकी दादागिरी

ऋतु आसीक

khanepani

दुःख पाउनु बर्बादी हुनु नेपालीको नियति हो, अमेरिकाले स्थापित गरिदिएका मान्छेहरूले देश बनाउछ भन्नु मूर्खता र भ्रम हो । – भरत दाहाल
इतिहासको पाटोलाई राष्ट्रको सम्बद्र्धन र प्रबद्र्धनतर्फ डो¥याएर लाने व्यक्तिहरू जहिले पनि राष्ट्रको हितको लागि काम गर्ने उनीहरूको उद्देश्य महान् हुनुपर्छ । सबभन्दा पहिलो चूरो कुरा त के हो भने उनीहरूले आफूलाई स्वार्थ भन्दा माथि उठाएको हुनुपर्छ । स्वार्थको खेतीमा आफूलाई डुबाएर त्यस्ता व्यक्तिहरूले देशको स्वाभिमान उठाउँछन् ? उनीहरूप्रति हामीले विश्वास गर्नु जानी–जानी आफूलाई खाडलमा जाक्नुकोे अर्को विकल्प छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्ने अहम् व्यक्तिको चरित्र रवि लामिछानेलाई नै हेरौँ । उनी अमेरिकामा बस्दाखेरि २ देखि ३ महिलासँगको अविछिन्न सम्बन्ध तथा स्वास्नी मान्छेहरू उसको नियति तथा उसका लागि भोग्यका साधनको रूपमा गरिएका व्यवहारहरू प्रस्ट देखिन्छन् । उसको नेपाल भित्रिने क्रममा ‘घण्टी’को ट्रेडमार्क लिएर फर्किएको छ । उसको चारित्रिक हिसाब–किताब बैङ्कमा गरिएका कारोबार आर्थिक स्थितिका उसका व्यवहारका घृणित जीवन झाँकी प्रस्ट छ । घण्टी पार्टी उद्घोष चुनाव चिन्हको विभिन्न बर्कोको प्रारूपमा आफूलाई लटपटाएर फर्केको छ । यी सबैको कनेक्सन तथा आफूलाई समाजद्वारा तिरस्कृत व्यक्ति तथा महिलाप्रतिका व्यवहारहरू हेर्दा १, २, ३, ४ आदि महिला प्रतिका भोग्य व्यवहारहरू आफैँमा घृणित देखिएका छन् । यी र यस्तै किसिमका लेखाजोखामा उत्तीर्ण भएका रवि लामिछानेको प्रयोग नेपाली राजनीतिमा अमेरिकी राजदूतावाससँगको उठबस तथा उसलाई नियन्त्रणको पासोमा राख्दै बालेनसँगको लठनगाँठोको प्रयोगको लागि पहल बालेन शाहसँग गराइनु नेपालस्थित अमेरिकी राजदूतावासको नेपाली राजनैतिक वृत्तमा एउटा संयोग मात्र होइन । यी दुवैको प्रयोग तथा यी दुवैको आनीबानी सबैको संयोजन तथा यिनीहरूलाई विभिन्न वाहनामा आफूस्थित अझ भनौ आफ्नो घेराका नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् आदिको ठोकुवा गरेर अमेरिकी नियन्त्रणको घेरा भित्र राख्न बालेन र रविलाई नेपालस्थित अमेरिकी राजदूतावासद्वारा लगनगाँठोको प्रारूपमा रास्वपाको निर्माण तथा यसको खनजोत गरियो ।

काठमाडौँको मेयरमा बालेनको पदस्थापना काठमाडौँ महानगरपालिकामा हुनुभन्दा पहिला नै बालेनले म यति भोटद्वारा काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी हुन्छु जस्ता सार्वजनिक घोषणा गरेका थिए । उनको त्यो अठोटको पछाडिको रहस्य उनको बोल्ने आधार माथिको सत्यता के हो ?

मुलुक भित्र नेकपा एमालेको वर्चश्व झन्–झन् उठिरहेको थियो । राष्ट्रप्रति उसले गरेका उठाएका कार्यहरूले देशलाई एकीकरण तथा माक्र्सवाद प्रति ठम्याई तथा त्यसको यात्रालाई टुङ्ग्याउनु, त्यसको लागि विघ्नबाधाको रूपमा काठमाडौँस्थित रहेको अमेरिकी राजदूतावासमा नेपाली युवायुवतीलाई विशेषतः कलेज र विश्वविद्यालयमा अध्ययनरत नेपाल सरकार राष्ट्रप्रति घात प्रतिघात हुने बेखबर प्रति उसको मौनता तथा त्यसपछि चासो नदिनुको कारण मुलुक भित्र नेकपा एमालेको वर्चश्व आकासिदै जानु, तथा नेपाली युवाहरूमा विशेषतः एमालेप्रति राष्ट्रियताका आकर्षण बढिरहेका थिए । यिनै राष्ट्रियता आकाङ्क्षालाई अर्कोतिर मोड्नका लागि अमेरिकी राजदूतावासले भित्रभित्रै नेपाली विद्यार्थीहरूलाई अमेरिकातर्फ मोड्नका प्रयासहरू उसले गरिसकेका व्यवहारहरूका छनकहरू यी १२ वर्षका समयहरूबाट प्रस्ट हुन्छ । नेपाली राजनीतिको पाटोमा सशक्तको रूपमा एमालेका युवाहरूमा राष्ट्रियता प्रतिको ओज झन्–झन् तीव्र रूपमा बढिरहेको अवस्थामा अमेरिकी राजदूतावासले पनि अमेरिकी पलायन तथा अमेरिकी राजदूतावासप्रति आकर्षणका ललीपप आजभन्दा १२ वर्ष अगाडि नै समय–समय क्लास लिनु, ती नेपाली युवायुवतीलाई समेट्ने र तिनीहरूको मस्तिष्कमा अमेरिका प्रति लगाव एवम् अमेरिका प्रति हिमायतीका रसवरी तथा चकलेटी ख्यालहरू घुसाउँदै अमेरिकी शासन प्रणाली तथा उनीहरूको चाहना र इच्छालाई आफूतिर कैद गरिँदै अमेरिकी राजदूतावासमा जोडिएका तत्कालीन युवायुवतीहरूको गन्तव्य अमेरिका गरियो । ती युवायुवतीहरू मध्ये प्रायलाई केही समय तालिम दिँदै तिनीहरूको अमेरिकाप्रतिको समर्पणको व्यापकता गरियो । अमेरिकाप्रति समर्पणको लालीपप खुवाउँदै अमेरिकाप्रतिको चासो तथा ती नासोबाट कतिलाई देशमै रहेर नेपालको राजनीतिमा आफूलाई स्थिर पार्न देशप्रतिको आफ्नो जिम्मेवारीका बखान गर्दै अमेरिकी राजदूतावासबाट विभिन्न प्रालोभन बाँडियो । ती प्रलोभनको एउटा नमुना प्रस्ट्याउँछु ।

झण्डै–झण्डै १२ वर्ष अघिदेखि नै वर्तमान प्रधानमन्त्री बालेन शाह कुनैबेला उनका बुबा राजदरबारका बैधको जागिर खाँदै, तत्कालीन राजाप्रति सदासयता तथा राष्ट्रप्रति तथा राजदरबारप्रति आस्था राख्दै दरबारलाई नजिकबाट जान्ने बुझ्ने मौका पाए । दरबारप्रति आस्था एवम् देशप्रति नै माया गर्ने परिवारको रूपमा आफूलाई स्थापित गर्न आफूलाई ती प्रमाणका व्यवहारहरू छर्लङ्ग भएको थियो । ती आस्थामा खरो रूपमा उत्रिएका थिए ।

मुलुकभित्र राजनैतिक चेतले सबै नेपालीहरूलाई आफ्नो पायक पर्दो पार्टी प्रतिको रोजाई र नेपाली काँग्रेस र नेकपा एमाले प्रतिको बढी आकर्षणले सबैले आफ्नो–आफ्नो कित्ताको रोजाइ बढिरहेको थियो । कति युवाहरूको आकर्षणको लहरमा अमेरिका गएर पढ्नु र काम गर्नु पनि थियो । त्यस लहरमा कतिपय नेपाली विद्यार्थीहरूको संलग्नता र गन्तव्यको बाटोको रूपमा अमेरिका पनि रह्यो । यो तीतो सत्य हो ।

यसै सिलसिलामा नेपाली युवायुवतीहरूलाई समेट्न तथा नेपाल सरकारलाई कुनै किसिमको भेदको गन्ध नदिकन, अमेरिकी राजदूतावासले नेपाली युवाहरूलाई आफूतिर समेट्न तथा राजनैतिक प्रशिक्षण दिनका लागि अमेरिकी स्वार्थलाई बढावा दिन तथा त्यसको परिपूर्तिको लागि नेपाली युवाहरूलाई भित्रभित्रै सङ्गठित गरिरहेको छनक/भनकको रेलापेलीमा आजभन्दा १२ वर्ष अगाडिदेखि नै बालेन शाहको प्रशिक्षण अमेरिकी राजदूतावासमा भएको छनकहरू उनका बोली र व्यवहारमा देखा परेको कुरा जब–जब उनी काठमाडौँको मेयरमा उठे त्यसबेला उनले भनेका थिए म यति मतले विजय प्राप्त गर्दछु । यसकारण उनको निश्चित मत अमेरिकी राजदूतावासमा सुरक्षित थियो ।

अमेरिकी राजदूतावासमा विशेषतः काठमाडौँ उनको चुनावी क्षेत्रमा नै पर्नुको आँकलनले उनको भोट व्याङ्कको कडीको परकाष्ठा, उनको मतको घेरा काठमाडौँमा नै त्यति बनाइसक्दा भित्रभित्रै अमेरिकी राजदूतावासले आफ्नो घेरा तथा ती भोटको एकीकृत गर्न सक्नु, नेपाल सरकारले त्यसको भेउसम्म नपाउनु, अमेरिकी राजदूतावासले काठमाडौँ चुनावी क्षेत्रमा नै आफ्नो वैभवको साम्राज्यलाई बढाउनुको पछि अमेरिकी सरकारको काठमाडौँमा हुने चुनावी सरगर्मीको आयात–निर्यातलाई स्पष्ट पार्छ । अमेरिकी राजदूतावासले काठमाडौँ उपत्यकामा अमेरिकी चाहनाको पकड स्पष्ट भएको छ ।

अमेरिकी पकड एम.सी.सी.को हुङ्कार
काठमाडौँ महानगरपालिकाको चुनावी समरको उलाव आएको बेला बालेनले भन्न भ्याएका थिए काठमाडौँमा मेरो यति भोट छ म यति भोटले मेयर पदमा विजयी हुन्छु । यी अहम् कुरा चुनावी मतपत्रको मूल्याङ्कन तथा यति मत मेरो हुन्छ भन्ने घोषणाको तात्पर्य काठमाडौँमा रहेका मतदाता अमेरिकी राजदूतावासको संरक्षण तथा उनीहरूको पहलमा रहेको स्पष्टता व्यक्त गर्दैन ?
तत्कालीन सरकारले अझै पनि चुनावताका भएको स्पष्ट कुराहरूको जवाफ दिएको छैन । त्यो के भने नेपाली जनसङ्ख्या भन्दा ज्यादै नै ४ करोड मतपत्र छापिएको सत्यता बारे अझै पनि जवाफको सन्तोषजनक उत्तर आएको छैन । तत्कालीन जो÷जो कार्यको बाँडफाँड अनुसार चुनावको सम्पन्नता बीच यस किसिमका आवाजहरूप्रति सम्बन्धित चुनावका जिम्मेवार पदाधिकारीबाट जवाफ तलब भएको छैन ।

रवि लामिछाने विभिन्न आर्थिक काण्डमा मुछिएका पात्र हुन् । उनीका चरित्रहरू विवादै–विवादका घेरामा छन् । मुलुक भित्रका विशेषतः काठमाडौँमा राष्ट्रिय स्तर र राष्ट्रका चिनारी ऐश्वर्यहरू आगो लाउने कार्यमा सुदन गुरुङ, रवि लामिछाने आदिको स्पष्टता, उनीहरूद्वारा बोलिएको तथा दमकललाई समेत आगो नियन्त्रण गरिनुपर्ने क्षेत्रमा सुदन गुरुङद्वारा जान बन्देज गरिएका दमकलहरूलाई जान नदिएको तथा उनका इशारा फोटोहरू सार्वजनिक भएका छन् । रवि छामिछानेका जीवन्त मुद्दाहरू तथा विभिन्न क्षेत्रबाट उनीप्रतिको आरोपप्रति सफाइ नपाउञ्जेल पार्टीबाट निलम्बन नै नगरी चुनावी माहौलमा उनको संलग्नता अझै पनि शङ्कास्पद पार्टीको रूपमा हेरिएको छ । ती पार्टीका शङ्कास्पद तथा पार्टीको लागि पार्टी भित्रको प्रारूपमा खडा भएको देखिन्छ ।

अमेरिकी सरकारको नेपालमा हस्तक्षेपको शृङ्खला १२ वर्षदेखि गर्दै आएर नेपाली युवाहरूको ठूलो सङ्ख्यामा एकत्रित गरेर नेपाल विरुद्धको अभियानको थालनी गरेको स्पष्टता आएको छ । यस बीचमा राष्ट्रघात कार्यका लागि लगानीकर्ताको रूपमा अमेरिकी राजदूतावास रहेको स्पष्टता झलक आएको छ । देशप्रति अमेरिकी राजदूतावासबाट यस किसिमबाट देश विघटन गर्ने तथा राष्ट्रको मानमर्दन गरिरहँदा नेपालको प्रशासन के गरिरहेको थियो ? नेपालको प्रशासनलाई यस किसिमका राष्ट्रिय विप्लव कार्य हुँदै रहँदा पनि मौनता हुनुका पछाडि देशद्रोही हर्कत चलिरहनु निश्चय नै पनि मुलुक भित्रका प्रशासन जिम्मेवार छन् भन्न सकिन्छ । ती देशद्रोही प्रशासकहरूप्रति उचित दण्डको प्रयोग गर्न अझै ढिलाइलाई प्रश्रय दिनु हुँदैन । देशघाती जुनसुकै स्तरमा बसे पनि तिनीहरूलाई युद्धस्तरमा कारवाहीको घेरामा ल्याउनुपर्छ ।

स्वतन्त्र प्रकार एवम् प्रेस स्वतन्त्र सेनानी–२०७४

ranechhap