वि.सं.२०८३ जेठ ३० शनिवार

लामोसाँघु–जिरी सडकखण्डमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

khanepani

दोलखा । भीमेश्वर नगरपालिका–५ पिपलबोटस्थित लामोसाँघु–जिरी सडकखण्डमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र. ०२–०६२ प ८४६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ७९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल लगिएको थियो। उपचारका क्रममा बा ८० प ७९७३ नम्बरको मोटरसाइकलमा सवार दोलखा बैतेश्वर गाउँपालिका–८ क्षेत्रपा बस्ने २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। उनीहरूको हाल धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा दोलखा बैतेश्वर गाउँपालिका–२ पुतलीकाठ घर भई मकवानपुरमा कार्यरत सशस्त्र प्रहरी जवान २६ वर्षीय उमेश तामाङ र दोलखा भीमेश्वर नगरपालिका–६ चोथाङ बस्ने १९ वर्षीय बिबेक थामी रहेका छन्।

ranechhap