विश्वमा जलवायु परिवर्तको प्रभाव टड्कारो रुपमा देखापरेको छ । यसको ज्वलन्त उदाहरण छीड्हाई तिब्बत पठारमा आएको विशिष्ट प्रकारको प्रभाव पनि एक हो । सन १९९८ ओक्टोबरमा वैज्ञानिक अनुसन्धानको लागी हाम्रो समुह जलयात्रा गर्दै यालुजाम्बु नदीको मुहान तिब्बत स्वशासित क्षेत्रको जोड्पा जिल्लामा रहेको जेमायाड्जोड् हिमनदी देखि शुरु गरेर १६०० कि.मि.सम्म मिलिन् जिल्लाको पाइनामक सहरमा हामीहरु पुग्यौं । त्यसपछि ३५ दिनको पैदल यात्राबाट यालुजाम्बु नहर पार गरेका थियौं, जसको नेतृत्व मैले गरेको थिएँ । सन २०१० मा, मैले फेरी –एशियाको पानी भण्डार—छीड्हाई तिब्बत पठारमा अन्तरराष्ट्रिय नदी अनुसन्धान नामक चुनौतीपूर्ण योजना शुरु गरें । अनि ६ महिनाको समयमा पैदल यात्राबाट छीड्हाई तिब्बत पठारमा रहेको मुख्य अन्तरराष्ट्रिय नदीको अध्ययन गरेको थिएं । यस अगाडिको २० बर्षभित्र मैले छीड्हाई तिब्बत पठारमा रहेकोे धेरैजसो नदीको अनुसन्धान पूरा गरेको थिएं । यस चोटी हामीहरुले छीड्हाई तिब्बत पठारको मुहान रहेको एशियाका ठूलो नदीहरु लाई एक एक पाइला गरेर प्रणालीपूर्ण तरिकाले सम्पूर्ण अनुसन्धान र अध्ययन ग¥यौं ।
अनुसन्धानको शिलशिलामा नदी संरक्षणको कार्ययोजना सम्बन्धि नीति अपनाएर छीड्हाई तिब्बत पठारको पानीको स्रोत र वातावरणको संरक्षणमा ठूलो हित गरेको महसुस गरेको थिएं र सरकारले सफा ऊर्जा सम्बन्धि नीति अपनाएको तथा कोइला हटाउने कोशिस गरेको देखेको थिएं । तर केही सत्यको आधार नभएको आलोचनाले साँच्चिकै चोट पुग्दो रहेछ । जस्तो छीड्हाई तिब्बत पठारमा गराइएको कृत्रिम वर्षा ।
वैज्ञानिक दृष्टीबाट कुरा गर्दा अहिले अमेरिका र अष्ट्रेलिया आदि देशहरुमा यो तकनिकिको कार्यान्वयनले एकदम ठूलो उपलब्धि हासिल गरिरहेको छ र यसको वैज्ञानिक तथ्य पुष्टी पनि भइसक्यो । तर केहि मानिसहरु अहिलेसम्म पनि कृत्रिम वर्षा भनेको बादलको सतहमा चिसो हावा खसाल्ने हो भन्ठान्छन । कृत्रिम वर्षा सम्बन्धि सबभन्दा महत्वपूर्ण तथ्य के हो भने चीनको तिब्बत स्वशाशित क्षेत्रमा गरिएको परीक्षण पर्यावरणको दृष्टिले अत्यन्त कम हानीकारक छ किनकि तिब्बत क्षेत्रमा जनसंख्या कम भएको र प्राकृतिक श्रोत स्थानीय जनताहरुको जीवनको आवश्यकता पुरा गर्न सक्षम रहेको र यो क्षेत्रमा ठूलो परिमाणमा कृत्रिम वर्षा गर्ने आवश्यकता नभएको हुँदा चीनले सानो परिमाणमा परिक्षण गरेपनि खासै असर पर्देन । अझै केही मानिसहरुको बिचारमा चीनले भारतसंग पीउने पानीको प्रतियोगिताको लागि यसरी गरेको छ भन्ने रहेको छ । जो सत्यता भन्दा निकै टाढा छ ।
त्यस्ता खालका हल्ला र अफवाह मैले दक्षिण एशियाली देशहरुका गैरसरकारी संस्थाले आयोजना गरेको अन्तरराष्ट्रिय नदीको गोष्टीमा धेरै पटक सुनिरहेको छु । धेरै जसो सहभागीहरुले यस्तो महसुस गरेका छन कि वास्तवमा त्यस्ता देशका पत्रकार छिमेकी देशहरुको बारेमा बुभ्mदै नबुझि जानकारी दिने काम गर्दछन् जो आश्चर्यजनक छ । वैचारीक आदान–प्रदानको अभाव र राजनितिक अविश्वास बढी भएको वातावरणमा टिका टिप्पणी र सामान्यतया गलत सूचना राजनितिलाई कलंकित पार्ने मनसायले गरिन्छ । यस्तो गलत सुचना प्रवाह गरिरहेका पत्रकारले अविश्वासको वातावरणलाई अझ धमिलोे तुल्याइदिन भूमिका खेलिरहन्छन् र यसलाई राष्ट्रिय झगडाको हदसम्म पु¥याइदिन्छन् ।

लामो समयदेखि नै जलवायु परिवर्तकोे बिषयमा वाद विवाद भइरहेको परिप्रेक्षमा वैज्ञानिक विशलेषण फरक हुनु स्वभाविक हो तर आपतिजनक कुरा के हो भने जलवायु परिवर्तको विरुद्घ चाल्ने कदमको वार्तामा बलियो वैज्ञानिक आधार नभएको तर्क अघि सारिरहेको र आफ्नो हितको लागि मात्र सम्बोधन गरिरहेको देखिन्छ । यसरी कुतर्क गर्दै जाने हो भने हामी मानवहरु बिकासको बाटोमा आपैm हराउंछौँ । वैज्ञानिकहरुको विचारमा छीड्हाई तिब्बत पठार भु–विज्ञानको अग्रपङक्तीमा पर्छ र धेरै मुख्य र महत्वपूर्ण समस्या हल गर्दछ । समस्या समाधान पूर्व जलवायु परिवर्तन विरूद्ध कदम नचाल्ने हो भने अझै हामीहरु प्राकृतिक प्रकोपको मारमा पर्ने सम्भावना रहन्छ ।
वैज्ञानिक दृष्टिकोणबाट हेर्दा खेरी भू–परिवर्तनको इतिहास भनेको असन्तुलित चिसोपन र तातोपनको आपसमा भएको घर्षणबाट विकसित भएको हो । हिमालाय पर्वतको प्रतिकको रुपमा रहेको तेस्रो ध्रुव अर्थात छीड्हाई तिब्बत पठार जलवायुको परिवर्तन प्रति एकदमै संवेदनशिल छ । २० हजार वर्ष अघि देखि अहिले सम्म अन्तिम हिमनदीको सतहमा छोपिएको यसको क्षेत्रफल ३०% बाट ११% कम भइसक्यो । समुद्रको सतह १३० मिटर माथि पुगिसक्यो । चीनको मुख्य भाग समुद्रको किनार रेखा देखि लगभग ६०० कि.मि. पछि हटिसक्यो । लगभग १० हजार बर्षदेखि अरष भित्री हिमनदी अवधिमा प्रबेश भइरहेको अनि ध्रुविय क्षेत्रको आइस सिट र अरु क्षेत्रको हिमनदी तिब्र गतिले पग्लिएर समुद्रको सतह माथि बढदै आइरहेको छ । लगभग ६ हजार बर्ष अगाडी, विश्वको औसत तापक्रम अहिलेको भन्दा २–३ डिग्रि सेन्टिग्रेट उच्च भएको थियो, समुद्रको सतह अहिलेको भन्दा १–३ मिटर उच्च भएको थियो । त्यो अवस्था अहिलेको मानिसको लागि सबै भन्दा तातो युग हो । १५–१९औं शताब्तिमा अरषले चिसो अवधिमा प्रवेश गर्यो अनि भौगोलिक विज्ञानिकहरुले यस अवधिलाई लिटल आइस ऐजको नामाकरण दिए । यस अवधिभित्र हिमनदी ठूलो मात्रामा बढदै गयो । अहिले विश्वभरको तातोपनले यस्तो संकेत गरेको छ कि हामी मानवहरु आउँदो तातो युगको संघारमा पुग्न लाग्यौे कि ?
छीड्हाई तिब्बत पठारमा धेरैजसो नदीहरु बरफको थुप्रो पग्लिएर बनेको नदी हिमनदी हो । चीनको याड्चि नदी र येलौ नदीको मूल यसमा पर्छ । दक्षिण एशिया र दक्षिण पूर्व एशियाको गंगा नदी, ब्रह्मपुत्र नदी, मैगों नदी, सार्वन नदी, इलोवाडि नदीका स्रोत यहीं हो । चीनको उत्तर–पश्चिम भागमा परेको टालिमु नदी र छाइडामु नदी ,पश्चिम एशिया शिर नदी र इलि नदी को स्रोत पनि यहीं नै हो । यी सबै नदीहरु अरबौं जनताको जिवनको आधारको अनि हाम्रो मातृ नदी नै हो ।

विश्वभरमा जलवायुको परिवर्तनको कारण भनेको हिमनदी तीब्र गतिले पग्लिएको घटनाक्रम अनि त्यसबाट सृजित पाकृतिक प्रकोप र पानी स्रोत संकट हो । बैज्ञानिक अध्ययनले यो पनि पुष्टि गरेको छ कि अरषको उत्तर र दक्षिण ध्रुवीय भागमा हिमनदी पग्लिएर समुद्रको सतहको उचाइ माथि बढदै आएकोले द्वीपमा परेका र सामुद्रिक देशहरुको सुरक्षामाथि खतरा उत्पन्न भएको छ । यस बाहेक विश्वको तेस्रो ध्रुव भनिने छीड्हाई तिब्बत पठारमा भएको जलवायुको परिवर्तनको प्रक्रिया पनि छर्लंग छ । त्यसको प्रभाव तापक्रम बढने, हिंउ कम पर्ने, हिंउ रेखाको उचाइ माथि पुग्ने, हिमनदी पग्लिने, नदीको संख्या घट्ने, मरुभुमीकरण हुने अनि प्राकृतिक प्रकोपजन्य मौसम सधैं आउने र हिमनदीबाट उत्पन्न भएको नदीको क्षेत्रमा बाढी पहिरो सधैं भइरहने छ । ५५०० मिटर माथिको उचाइमा महसुस गरिरहेको तातोपनले चिन्ताजनक अवस्था सृजना भएको छ ।
आजकल, छीडंहाइ तिब्बत पठार वरपरिमा हिपनदी भांच्चिने घटना भइरहेको छ । सन २०२१ फेब्रुअरी ७ तारिखमा भारतको उत्तराखण्ड प्रदेशमा हिम स्खलन भयोे अनि आलगनेन्ड नदीमा खसेपछि नदीको बांध पनि बिथोलियो र ठूलो बाढीको प्रकोप ल्यायो । भारतले पाकृतिक प्रकोपको अग्रीम चेतावनी दिने क्षेत्रमा अझै ठूलो प्रगति गर्न बांकी छ तर विश्वभरको तातोपन नै यो प्रकोपको कारण हो भन्ने बुभ्mनु पर्दछ ।
छीडंहाइ तिब्बत पठारमा जलवायुको परिवर्तन हुने र हिमनदी पग्लिने मुख्य कारण के हो ? केही बर्ष यता भएका अध्ययनका विज्ञहरुको विचारमा सूर्य प्रणालिको गतिविधिको त्चबअप चौथो आइस एजदेखि निस्केपछि पहिले भन्दा बढी उर्जा भएको स्थानमा प्रवेश गरेको हुनाले तापक्रम माथि पुगेको हो । तर मेरो विचारमा हामी मानवले ठूलो मात्रामा ग्रिन हाउसबाट ग्यास निकालेर त्यो ग्यास हावासंग छीडंहाइ तिब्बत पठारमा पुगेर त्यहांको वायु तताएकोले एलटिट्युट ५०००–६००० मिटरको उचाइमा तातोपन भइरहेको हो । त्यसैकारण, बिनाकारण कुनै देशलाई आलोचना गर्नुको सट्टा साझा सामना गरेर जिम्मेवारी बाडफाड गर्नु छीडंहाइ तिब्बत पठार अनि विश्वभरको तातोपनको समाधान गर्नको लागि बेश होला ।
पानीको स्रोतमाथिको प्रतिष्पर्धा तथा युद्ध निकट भविष्यमा शुरु हुने कुरा अमेरिकी उपराष्ट्रपति कमला हारिसले औंल्याएकी छन् । मेरो विचारमा, पानीको स्रोतको समस्या होस् वा विश्वको तातोपनले छीडंहाइ तिब्बत पठारमाथि पारेको प्रभाव होस् कुनै देशको एक पक्षीय प्रयत्नले सम्भव हुदैन यो अल्पकालीन कदम मात्र हो । हुन त पर्यावरणको संरक्षण वैज्ञानिक मुद्दा मात्र होइन यसमा बढी राजनीतिक चलखेल र प्रतिष्पर्धाले यो समस्या झन् जटिल बनेको छ । विश्वभरको सहयोग विशेष गरी चीन र दक्षिण एशियाका देशहरुसंग मिलेर छीडंहाइ तिब्बत पठारमाथि वैज्ञानिक अनुसन्धान र जलवायुको प्रकोपप्रति अग्रिम सुचना प्रणली आदि क्षेत्रमा सवैको हितको लागि सहकार्य गरेर तातोपनले तुल्याइदिएको प्रकोपको निगरानी गर्न सके जनधनको नोक्सानबाट जोगाउन सकिन्छ । अनि महत्वपूर्ण कुरा के हो भने यस्तो सहकार्यबाट जलवायु नियन्त्रणको गतिविधि शुरु गर्ने र अन्तरराष्ट्रिय समाजमा जलवायु समस्या व्यवस्थापन गर्नको लागि एउटा प्रभावकारी तरिका स्थापना गर्न सकिन्छ ।
अन्तरराष्ट्रिय गोष्ठिमा मैले धेरै पटक सम्झाएको छु कि जलवायु परिवर्तनले छीडंहाइ तिब्बत पठार तथा यालुजाम्बु नदीमा परेको असरले पर्यावरणीय समस्या जन्माएको छ । संसारको सबै देशहरु खास गरि यो क्षेत्रका मुख्य देशहरु मिलेर यो समस्या समाधान गर्नु पर्छ । भारतीय गैरसरकारी संस्थाको वैज्ञानिक भाषा ज दासले यो चेतावनी दिदै भारतीय सरकारले पनि सतर्कता अपनाउनु पर्छ भन्ने कुरा औंल्याएका छन् । भारतीय सरकारले यालुजाम्बु नदीको मुल धारा र मुख्य शाखा नदी क्षेत्रमा ७० भन्दा बढी परियोजना बनाउने योजना बनाएको छ । यी साझा चुनौतीप्रति चीन र भारत दुवै मिलेर सहकार्य गर्न म आह्वान गर्न चाहन्छु । सन् २००० जुनमा यालुजाम्बु नदीको माथिल्लो भागबाट परेको बाढीको बारेमा उल्लेख गर्दै दासले यदि चीन र भारत दुवै देशका पत्रकारले यसको बिषयमा बढी समाचार प्रकासित गरेको भए धेरैजसो क्षतिबाट जोगाउन सकिने थियो । उहाँले चीन र भारत बीच दुवै पक्षीय सहमति हस्ताक्षर गर्ने, जलको निगरानि तथ्यांक आदान प्रदान गर्ने, सरकार र जनता दुवै तहमा बाढीको अग्रिम सुचना प्रवाहको सहयोग बढाउन आह्वान गर्नु भएको छ । छीडंहाइ तिब्बत पठारमा आएको जलवायुको परिवर्तन र सिमावर्ति नदीको बिषयमा चीन र भारत दुवैको हित जोडिएको छ । यसलाई दुबै देशका समुदायको हितमा भविष्यको उपयोगिताको लागी प्रयत्न गर्नुपर्ने देखिनछ ।आन् माउनटेन अध्ययन केन्द्र









































