काठमाडौं । हालै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
वैशाख ७ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरेको थियो । रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ ।
वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।








































