वि.सं.२०८३ वैशाख २० आइतवार

होल्डिङ सेन्टरका बालबालिकालाई छिटो विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

khanepani

काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बस्तीका बालबालिकालाई विद्यालय जाने वातवरण बनाउन आग्रह गरेकी छिन् ।

कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन् ।

‘बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गर्नु भएको छ । बालबालिकाको विद्यालय छिटो भन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकार समक्ष ध्यानआकर्षण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

ranechhap