रुपन्देही । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। पार्टीमा उनले स्वास्थ्यमा समस्यालाई कारण देखाएर काम गर्न नसक्ने जनाएका छन् ।
पोखरेलले आफैले पनि नियमित रूपमा पार्टीका कार्यक्रममा सहभागी हुन नसकेको भन्दै जिम्मेवारी त्यागेको निकटस्थहरूलाई बताएका छन्।
१४ औँ अधिवेशनबाट निर्वाचित भएपछि पनि उनले लामो समयसम्म उपसभापतिलाई कार्यवाहक जिम्मेवारी दिँदै आएका थिए।
पर्यटन व्यवसायमा ठूलो लगानी गरेका पोखरेललाई पछिल्लो समय यसको पूर्ण सञ्चालन नभएका कारण समस्या भएको निकटस्थहरूले जनाएका छन् ।








































