वि.सं.२०८१ माघ ११ शुक्रवार

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा एमालेकी जाना शाहीको शुरुआती अग्रता

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ ।

एमालेकी जाना शाहीले २८६ मतका साथ अग्रता लिइरहदा माओवादी केन्द्रकी देवकी तिम्सिनाले २२५ मत पाएकी छन् भने कांगेसकी सबिता बुढा २०९ मतका साथ तेस्रो स्थानमा छिन् भने राप्रपाकी संगीता शाहीले १९ मत पाएकी छन् ।

२०७९ सालको निर्वाचनमा सर्केगाड गाउँपालिका उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रका चन्द्रसिंह बुढाको निधनपछि उपनिर्वाचन भएको हो ।

उक्त चुनावमा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिएर एमालेविरुद्ध गठबन्धन गरेका थिए । यसपटक भने सबै दल एक्ला एक्लै प्रतिस्पर्धामा छन् ।