काठमाडौं। सन् २०१० मा पहिलो पटक विश्वकप जितेको १६ वर्षपछि स्पेन फेरि दोस्रो उपाधि जित्ने लक्ष्यमा छ।
सन् २०१० पछि भएका तीन वटा विश्वकप संस्करणमा स्पेनले लगातार ठूलो सफलता हासिल गर्न सकेको छैन, तर अहिले टोली नयाँ र रोमाञ्चक युवा पुस्ताले भरिपूर्ण छ।
घोषीत टोलीमा स्पेनी महारथी रियल मड्रिडका एक खेलाडी पनि परेका छैनन्। ला लिगा च्याम्पियन बार्सिलोनाबाट सर्वाधिक ८ खेलाडी परेका छन्। ला लिगामा बार्सिलोना ९४ अंकसहित च्याम्पियन बन्दा दोस्रो स्थानको रियलले ८६ अंक जोडेको थियो।
स्पेनको विश्वकप टोलीः
गोलकिपरः
उनाइ सिमोन (एथ्लेटिक बिल्बाओ), डेभिड राया (आर्सनल), जोआन गार्सिया (बार्सिलोना)
डिफेन्डरः
मार्क कुकुरेया (चेल्सी), आलेहान्द्रो ग्रिमाल्डो (बायर लेभरकुसेन), पाउ कुबार्सी (बार्सिलोना), आयमेरिक लापोर्ते (एथ्लेटिक बिल्बाओ), मार्क पुबिल (एट्लेटिको मड्रिड), एरिक गार्सिया (बार्सिलोना), मार्कोस योरेन्ते (एट्लेटिको मड्रिड), पेड्रो पोरो (टोटेनहम हट्सपर)
मिडफिल्डरः
पेड्री (बार्सिलोना), फाबियन रुइज (पिएसजी), मार्टिन जुबिमेन्डी (आर्सनल), गाभी (बार्सिलोना), रोड्री (म्यानचेस्टर सिटी), आलेक्स बाएना (एट्लेटिको मड्रिड), मिकेल मेरिनो (आर्सनल)
फरवार्डः
मिकेल ओयारजाबाल (रियल सोसिडाड), डानी ओल्मो (बार्सिलोना), निको विलियम्स (एथ्लेटिक बिल्बाओ), येरेमी पिनो (क्रिस्टल प्यालेस), फेरान टोरेस (बार्सिलोना), बोर्जा इग्लेसियास (सेल्टा डि भिगो), भिक्टर मुन्योस (ओसासुना), लामिने यामल (बार्सिलोना) ।
स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपका सबै खेल जितेको थियो र त्यसपछि पेरिस २०२४ ओलम्पिकमा स्वर्ण पदक पनि जित्यो।
स्पेन पुरुष फुटबल इतिहासमै पहिलो पटक एकैसाथ विश्वकप, ओलम्पिक र महादेशीय उपाधि जित्ने राष्ट्र बन्ने लक्ष्यमा छन्।
स्पेनका प्रमुख खेलाडीहरूः
लामिने यामल
लामिने यामल सन् २०२४ को युरो कपमा १६ वर्षको उमेरमै उत्कृष्ट प्रदर्शन गर्दै स्पेनका लागि चर्चामा आएका थिए।
त्यसपछि उनले दुई ला लिगा उपाधि र दुई व्यक्तिगत लाउरेउस अवार्ड पनि जितिसकेका छन्। अब उनी आफ्नो पहिलो विश्वकपमा कस्तो प्रदर्शन गर्छन् भन्ने चासो छ।
रोड्री
मिडफिल्डको आधार मानिने रोड्री सन् २०२४ का बालोन डी’ओर विजेता हुन्। उनी विश्वकपअघि पूर्ण रूपमा फिट भएर फर्किने लक्ष्यमा छन्।
पेड्री
पेड्री स्पेनको मिडफिल्डको अर्को महत्वपूर्ण नाम हुन्। २३ वर्षका यी खेलाडी राष्ट्रिय टोलीमा ५० क्याप नजिक पुगिरहेका छन् र खेल नियन्त्रण गर्ने क्षमताका लागि प्रसिद्ध छन्।








































