काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह गणतन्त्र दिवसमा नबोल्नेबारे मन्त्रिपरिषद्मा छलफल नभएको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले आवश्यकता अनुसार बोल्ने बताए।
गणतन्त्र दिवसमा सम्बोधन नगर्नेबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यसको बारेमा मन्त्रिपरिषद्मा छलफल भएको छैन आज। आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।’
सरकारका प्रवक्ता समेत रहेका पोखरेलले बजेटको काम अर्थमन्त्रीले गरिराखेको बताए।
उनले भने, ‘बजेटको विषयमा अर्थमन्त्री काम गरिराख्नुभएको छ। सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरैजसो प्रस्तुत गरिसक्नुभएको छ। काम हुँदै छ।’







































