वि.सं.२०८३ वैशाख २४ बिहीवार

पोखरामा चिया खान बसेका ४ रास्वपा कार्यकर्तासहित ६ जनालाई प्रहरीले लग्यो

khanepani

काठमाडौं । जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुसँगै अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ परेका छन् ।

घटनास्थलमा रहेकी रास्वपा नेतृ तथा नारी टेलिभिजनकी सञ्चारकर्मी ज्वाला संग्रौलाले निषेधित क्षेत्र तोडेको भन्दै उठाएर भ्यानमा हालिएको बताइन् । पक्राउ पर्नेमा आशिष थापा, प्रेम थापा, साजन शर्मा र तेजाब अर्याल छन् ।

आफूलाई पनि लैजान खोजिएको तर सञ्चारकर्मीको परिचयपत्र देखाएपछि छोडेको उनले बताइन् ।

‘हामीले निषेधित क्षेत्र तोड्ने कुनै पनि क्रियाकलाप देखाएका थिएनाैं । चिया मगाएर गफ गरेर बसिरहेका थियौं । तर, चिया पिउन पनि नदिइकन जबरजस्ती उठाइयो ।’ उनले भनिन् ।

कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ । प्रहरीले अदालत परिसरमा मानिसहरुलाई भेला हुन दिएको छैन । अदालतको गेटबाट नजिकै रहेको चियापसको बाहिर रास्वपाका ५–६ जना कार्यकर्ता बसेका थिए । उनीहरुसँगै टिकट किन्न आएका दुईजनालाई पनि भ्यानमा हालिएको छ

ranechhap