वि.सं.२०८३ वैशाख २२ मंगलवार

नेपाली बजारमा सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यस अघि गत कात्तिक ७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात रूपैयाँ बढी हो।

यस्तै शुक्रबार भने एक लाख ६६ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ७० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap