काठमाडौ । काठमाडौ धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ हलेसीतुवाचुङ नगरपालका-८ घर भई धरान बस्ने ४२ वर्षीय नयन्द्रकुमार राईलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
उनले युट्युबमा धार्मिक सहिष्णुतामाथि आघात पुर्याउने, घृणा वा द्वेष फेलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने भिडिओ निर्माण गरेको आरोप छ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न प्रहरीले समाज अनुमति पाएको छ।









































