वि.सं.२०८३ वैशाख २२ मंगलवार

“जीबी राईलाई पक्राउ गर्ने गृहमन्त्रीको नियत छैन” सांसद महत

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन् ।

संघीय संसद् नयाँ बानेश्वरमा आइतबार सांसद महतले उपप्रधान तथा गृहमन्त्री महतले अहिलेसम्म बोलेका कुरा कुनैपनि दिगो र सत्य नभएको बताए ।

सहकारी ठगीमा फरार रहेका जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्नेकुरा धेरै पहिला भनेको भएपनि हालसम्म पक्राउ गर्न नसकेको पनि सांसद महतले बताए ।

‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ । उहाँको अहिलेसम्मको जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनैपनि दिगो हुनेकुरा, सत्य कुरा छैन । उहाँले जीबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन,’ महतले भने, ‘उहाँलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको सांसद महतको भनाइ थियो ।

ranechhap