वि.सं.२०८३ वैशाख १८ शुक्रवार

वनदेवीको पूजा गरेर वन मन्त्रीले सुरू गर्दैछन् गैंडा गणना

khanepani

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन मन्त्री प्रेमबहादुर आलेले वनदेवीको पूजा गरी गैंडा गणनाको सुरुवात गर्ने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

देशका चार वटा निकुञ्जमा पाइने एक सिंगे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी छन्। त्यसैले गणनाको नेतृत्व पनि चितवन निकुञ्जले नै गर्नेगर्छ।

३०० सयभन्दा बढी मानवीय जनशक्ति र ६० वटा हात्तीसहितको टोलीले सोमबारबाट गैंडाको गणना सुरु गर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

त्यसमध्ये चितवनमा मात्रै २०० सय बढी मानवीय जनशक्ति र ४० वटा हात्तीको प्रयोगगरी २२ भागमा विभाजन गगरेर गणना गरिँदैछ।

यसका लागि निकुञ्जले गणक, माउतेलाई तालिम दिएको थियो भने स्वास्थ्य शिविर नै सञ्चालन गरेर योग्य हात्तीहरु छनोट गरेको थियो।

चितवन राष्ट्रिय निकुञ्जका अलावा पर्सा, बर्दिया र शुक्लाफाँटा बन्यजन्तु आरक्षमा मात्रै गैंडा छन्।

ranechhap