वि.सं.२०८३ वैशाख २० आइतवार

प्रधानमन्त्री ओलीको चुनौती अब मैले सोध्नु नपरोस्, तपाईंहरू कुन पार्टीको भनेर

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुन पार्टीको हो भनेर सोध्नेलाई अदालत जान चुनौती दिएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हिजो मैले बोलिनँ, प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहेका थिए,’ उनको भनाइ छ,‘अब मैले सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको भनेर । मलाई उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभयो। म साधारण सदस्य होइन पनि। अदालतले भन्यो नि म कुन पार्टीको भनेर। हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ भन्छन्। सर्वोच्च अदालतमा सोध्न जाऊ कुन पार्टीको हो भनेर ।

पुनस्थापित संसदको आइतबार बसेको पहिलो बैठकमा पुनस्थापित माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले सर्वोच्चको पछिल्लो फैसलापछि सरकारको अवस्था स्पष्ट नभएको भन्दै प्रश्न उठाएका थिए। सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीका हुन् भनी प्रश्न उठाएका थिए।

सरकारले ल्याएका अध्यादेश पेश गर्न अवरोध गरेकोप्रति असन्तुष्टि जनाँदै ओलीले भने, फेल गरे भइहाल्यो नि। फेल गर्ने आँट पनि छैन, मन परेको पनि छैन।

ओलीले सर्वोच्च अदालतको दुवै फैसला आफ्नो विपक्षमा आएको भए पनि आफूहरुले त्यसलाई मानेर अगाडि बढेको बताए ।

 

ranechhap