वि.सं.२०८३ वैशाख २० आइतवार

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका हुन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक आइतबार बस्दैछ ।

आइतबार संसद अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने, संसद नभएका बेला सरकारले ल्याएका विभिन्न ७ अध्यादेश पेश गर्ने र संसदका वर्तमान र पूर्व सदस्यको मृत्युमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

ranechhap