वि.सं.२०८३ असार २२ सोमवार

प्रधानमन्त्री प्रचण्डलाई एमालेको प्रश्न, प्रधानमन्त्री बन्न जनताकहाँ जाने कि दिल्लीतिर ?

khanepani

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले देशको शिर निहुरिएको टिप्पणी गरेको छ ।

असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सांसद रघुजी पन्तले आज नेपालीको स्वाभिमानमा ठेस लागेको बताए ।

उनले प्रश्न गर्दै भने, ‘नेपालको प्रधानमन्त्री बन्नको लागि नेपाली जनतातर्फ फर्किने कि दिल्लीतिर जाने हो ? नेपालको प्रधानमन्त्री बन्न दिल्लीतिर जानुपर्ने ? प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गुम्यो ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नआएसम्म सदन चल्न नसक्ने बताए।

ranechhap