वि.सं.२०८३ असार २२ सोमवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १०३ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ५ जना र कर्णालीमा १७ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा १० जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

ranechhap