काठमाडौँ । सरकारले सबै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा हुँदा प्रदेश प्रहरी प्रमुख फेरिएका हुन् ।
बिहीबार भएको सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुख बनेका छन् ।
मधेस प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन् ।
यस्तै, कर्णाली प्रदेश प्रमुखमा भीमप्रसाद ढकाल जाँदा त्यहाँका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आइपुगेका छन् ।
बागमती प्रदेशको प्रमुखमा प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा पुगेका छन् । यसैगरी, सुदूरपश्चिमको प्रमुखमा अशोक सिंह, टेकप्रसाद राईले लुम्बिनी प्रदेश पुगेका छन् ।
गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ जाँदा प्रदेश १ मा श्यामलाल ज्ञवालीको नेतृत्व रहने भएको छ ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा किरण राणा जाँदा विशेष ब्यूरोमा सुदीप गिरीले नेतृत्व गर्ने भएका छन् ।









































