चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनलाई लक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नारायणगढ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सडकहरूमा सवारी साधनलाई रोक लगाइएको छ । महाधिवेशन स्थलतर्फ सवारी प्रवेशमा रोक लगाइएको हो ।
आज दिउसो १ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्तरुपमा महाधिवेशनको उद्घाटन गर्नेछन् ।








































