वि.सं.२०८३ असार ७ आइतवार

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा हारेकालाई पनि सभापतिले मनोनीत गर्नसक्ने

khanepani

काठमाडौं । रास्वपा महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने रास्वपाको महाधिवेशनबाट आगामी केन्द्रीय समिति चयन हुँदैछ ।

यसैबीच रास्वपा केन्द्रीय सदस्यमा निर्वाचन हुने निश्चित भएको छ । आकांक्षीहरूको संख्या ठूलो भएसँगै केन्द्रीय सदस्यहरूमा निर्वाचन हुन लागेको हो ।

रास्वपाको संशोधित विधान अनुसार, १५८ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । जसमा ९९ जना निर्वाचित हुनेछन् भने साभापतिले ५१ जनालाई मनोनीत गर्नेछन् ।

बाँकी ७ प्रदेशका प्रदेश सभापतिहरू स्वत: पदेन सदस्य रहने भएकाले उनीहरू केन्द्रीय समितिमा रहने विधानमा व्यवस्था छ ।

रास्वपा स्रोतका अनुसार, केन्द्रीय सदस्यमा पराजित भएकाहरूलाई समेत सभापतिले चाहेको खण्डमा मनोनीत गर्नसक्ने व्यवस्था छ ।

सभापतिले गर्ने ५१ जना मनोनीतमा केन्द्रीय सदस्य पराजित भएकालाई पनि समेट्नसक्ने व्यवस्था रहेको स्रोतले बताएको छ ।

आजबाट सुरु हुने रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । चितवनको भरतपुरमा हुन लागेको महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू पुगिसकेका छन् ।

ranechhap